जेठ २२ । त्रिभुवन विश्वविद्यालयले वार्ताका लागि बोलाएपछि कांग्रेस निकट विद्यार्थी भातृ संगठन नेविसंघले भोलिका लागि आह्वान गरेको उपत्यका बन्द फिर्ता लिएको छ ।

स्ववियु चुनावको माग गर्दै लगातार आन्दोलन गर्दै आएको नेविसंघले भोलिका लागि बन्दको आह्वान गरेको थियो ।

तर त्रिविले त्रिवि स्ववियु गराउने पक्षमै रहेकाले विद्यार्थी संघ संगठनलाई आन्दोलन छाडेर वार्तामा बोलाएपछि नेविसंघले बन्द फिर्ता लिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।