जेठ २१ । चितवन माडीको बाँदरमुढे घटना पिडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको ६० लाख रुपैया पिडितहरुले नलिने घोषणा गरेका छन् ।

पिडितहरुले आफ्नो योजना अनुसार खर्च गर्न नपाउने भएपछि रकम नलिने निर्णय गरेको बादरमुढे घटना पिडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

फागुनमा भएको प्रथम माडी महोत्सबको उद्घाटनका लागि माडी पुगेका एकीकृत माओबादी अध्यक्ष प्रचण्डले पीडितमुढे घटनाका पिडितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट ६० लाख रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए ।

पिडितहरुले आफ्नो ढंगले गाई बाख्रा पालन, आफ्नो औषधी उपचार लगायतका काममा खर्च गर्न चाहेपनि नेपाल सरकारको निर्देशिकामा त्यसरी खर्च गर्न पाईने ब्यवस्था नभएको भन्दै जिल्ला विकास समितिले रकम उपलब्ध नगराए पछि पिडितहरुले रकम नलिने घोषणा गरेका हुन् ।

यसैबीच, यस बर्ष पनि बा“दरमुढे घट्ना पिडित संघर्ष समिति चितवनले बाँदरमुढे घटनाको स्मृतिमा शोकसभा गर्ने भएको छ ।

२०६२ साल जेठ २३ गते तत्कालिन नेकपा माओबादीले थापेको विद्युतीय धरापमा परि ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाईते भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।