जेठ २१ । विवाह भएको एक वर्षमै कञ्चनपुरको पिपलाडी–९ खजुवाकी २१ वर्षीया पुजा जोशीले आज आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

सासु र श्रीमानसँग बस्दै आएकी जोशीले घरायसी तनावका कारण आत्महत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक धर्मराज अवस्थीले बताए ।

बिहान सासुले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखेपछि छिमेकीको सहयोगमा उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनास्थलको प्रकृति हेर्दा आत्महत्यानै गरेको देखिएको प्रनानी अवस्थीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।