जेठ २१ । बागलुङ जिल्लाको सुखौरा गाविसमा एक किशोरीलाई सामुहिक बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय १४ वर्षीया किशोरीलाई बलात्कार गर्ने सुखौरा– ३ का १९ वर्षीय सुमन गिरी, २० वर्षीय अनिल गिरीसहित १४ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई जेठ १४ गते मङ्गलबार दिउँसो १ बजे उनीहरुले बलात्कार गरेको प्रहरी सहायक निरीक्षक शैलेन्द्र खड्काले बताए ।
पक्राउ परेकालाई बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान पछि मुद्दा चलाउने प्रहरीले जनाएको छ । पक्राउ परेका किशोरलाई भने अभिभावक वा बालगृहको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
Comments