जेठ २० । साताको पहिलो दिन आइतबार १ हजारले घटेर कारोबार भएको सुन सोमबार भने २ सय ५० ले बढेर कारोबार भईरहेको छ ।

आइतबार १ हजार रुपैयाँ घटेर ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज भने तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तर गत गत शुक्रबार भने प्रतितोला ११ सय रुपैयाँ बढेर कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको मूल्य पनि तोलामा २ सय ५० रुपैयाँ बढेर ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४ रुपैयाँ बढेर कारोबार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।