जेठ २० ।  नेकपा माओवादीका सचिव देव गुरुङलेदेशलाई  नेपाललाई सिक्किमीकरण  बनाउन चार  दल लागि रहेको आरोप लगाएका छन । देशका अरु अंग ध्वस्त भइसकेको अब एक मात्र  सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको उनले  बताए ।

सयुक्त जनआन्दोलन परिचालन समिति कास्किले पोखरामा आज  आयोजना गरेको प्रतिगमन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका छन ।

कार्यपालिका ध्वस्त बनाए  न्यायपालिकालाई अपाङ्ग बनाए  अब सुरक्षा निकाय   ध्वस्तपार्न  खोजिदै  गरेको उनले बताए ।

 त्यस पछि नेपाल लाई विदेशी दलालको हातमा सुम्पिन लागेको आशंका गरेका छन । यसै गरी  वंशजको आधारमा नागरीकता दिने भनेर आप्रवासीलाई प्राथमिकता दिएको  र  आदिवासीलाई अल्पमतमा  पाखा लगाउन खोजिएको उनको दाबी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।