जेठ २० । उपत्यकामा अब फेरी ग्याँसको अभाब हुने  भएको छ ।  ग्याँस उद्योग व्यवसायीहरुले  सोमबारबाट सम्पुर्ण  डिलरमा  ग्याँस बिक्रि बन्द गराएका छन ।

उद्योगीले ग्याँसमा कमिसनको माग राख्दै सरकारसमक्ष वार्तामा सहभागी भइरहेको छ । लागत खर्च बढ्न गई व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उद्योगीले प्रतिसिलिन्डर ग्याँसमा ५७ रुपैयाँ ९२ पैसा कमिसन बृद्धिको माग गर्दै विरोधमा उत्रेका हुन् । उद्योगीले हाल प्रतिसिलिण्डर २८ रुपैयाँ कमिसन पाएका छन् ।

सरकार र ग्याँस उद्योगीबीच भएको वार्ता सफल हुन नसकेपछि विरोधस्वरुप उद्योगले ग्याँस बिक्री बन्द गराएका छन ।

उपत्यकाको पसलहरुमा अहिले देखि नै ग्याँस छौन भन्न थालीएको छ  ।  तर नेपाल आयल निगमले भने उद्योगले डिलरलाई ग्याँस नबेचे पनि नेपाली बजारमा ग्याँसको अभाव नहुने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।