जेठ  २० । दोलखामा नेपाली कांगेस निकट तरुण दल र एकिकृत नेकपा माओवादी निकट वाईसिएलका कार्यकर्ताबीच हिजो भएको झडपलाई लिएर नेपाली  कांग्रेसले आज गरेको  जिल्ला बन्द   फिर्ता भएको छ ।

 हिजो भएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताले आफना नेतालाई आक्रमण गरेको भन्दै कांग्रेसले आज  दोलखा जिल्ला बन्द आह्वान  गरेको थियो  ।

सर्वसाधारण नागरिकलाई समस्या परेको भन्दै काँग्रेसले बन्द फिर्ता लिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।