जेठ २० । प्रहरीले वीरगन्ज–१९ नगवास्थित होटल बाबामा सञ्चालित क्यासिनोमा प्रहरीले छापामारी गरी दुई नेपालीलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताले गएराति सो होटलमा छापामारी लाखौँ रुपैयाँको जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक रवीन्द्रनाथ पौडेलले वीरगन्ज–१३ का आदर्शनगर निवासी पवन अग्रवाल र बारा नगरपालिका–५ का जीतेन्द्र साहलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।