जेठ १९ । आइतबार बिहान ५ बजे रुपन्देहीको रामापुर नयाँगाऊबाट लु१ज १४६९ नम्बरको जिप र जिपका चालक दूधराक्ष रामापुरका ३५ वर्षीय टीकाराम अधिकारीसहित ३० क्यु फिट काठ बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीको सहयोगमा वन कार्यालयले गाडी र चालक त पक्राउ ग¥यो छ काठ तस्कर भने पक्राउ गर्न सकेको छैन् ।

यद्यपि इलका वन कार्यलय बुटवलका प्रमुख वसन्तबाबु श्रेष्ठले पहिले चैत २९ गते १० हजार धरौटीमा छाडेको गाडी नै फेरि अवैध काठसहित पक्राउ परेको बताए ।

यसअघि सोही गाडीमा अवैध काठ ओसारपसार गरिरहेको बेला वनले तामनगरबाट सोही गाडी पक्राउ गर्दा दूधराक्ष गाविसका वनकान्छा भन्ने पूर्णबहादुर विकले वनका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । उनी अहिलेसम्म प्रहरीको सूचीमा फरार रहेका छन् तर अहिले फेरि उनैले काठ तस्करी गरेको बुझिएको छ ।

गाडी चालक अधिकारीले वनकान्छाले आफूलाई मासिक तलबको रुपमा काम गर्नेगरी काम दिएको र आइतबार पहिलो दिन गाडी चलाएको बताएका छन् । सो जिप मिखेन्द्र चुनाराको नाममा दर्ता रहेको भएता पनि स्वामित्व चाँहि वनकान्छाको रहेको गाडी चालकको भनाइ छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।