जेठ १९ । ओखलढुंगाको सोक्माटारमा भएको बस दुर्घटनामा परी एक बालकसहित चार जनाको ज्यान गएको छ ।
खोटाङको हलेसीबाट ओखलढुंगाको हर्कपुरतर्फ जाँदै गरेको बा २ ख ९४५५ नम्बरको बस ओखलढुंगाको थाक्ले–८ सोक्माटारमा दुर्घटना हुँदा एक जनाको घटनास्थमै र तीन जनाको उपचारकालागि उदयपुरको कटारी लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।
आइतबार भएको बस दुर्घटनामा ओखलढुंगा टोक्सेल–१ हर्कपुरका शुस्मा माझीको दुई वर्षीय छोरा समर्पण माझीको घटनास्थलमै ज्यान प्रहरीले नाएको छ । यस्तै, उपचारकालागि लैजाँदै गर्दा उदयपुरको घुर्मी पु¥याइएका थाक्ले–८ का ३५ वर्षीया ललितकुमार राईको ज्यान गएको हो । उपचारकालागि लैजानेक्रममा ज्यान गुमाएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा ४० जनाभन्दा बढि यात्रुहरु गम्भिर घाइते भएका छन् । सडकको उकालोमा नियन्त्रण गुमाएर बस सडकबाट डेड सय मिटर तल खसेको थियो ।
दुर्घटनाबाट बच्न सफल यात्रुका अनुशार चार पाँच जना घाइतेको अवस्था अझै गम्भीर छ । घाइतेहरुको उपचारकालागि उदयपुरको कटारीतर्फ लैजाने काम भइरहेको छ ।