जेठ १९ । काठमाडौँको रविभवनबाट भित्र पट्टि झण्डै ५ सय मिटर हिड्दासम्म ती युवतीलाई थाहै थिएन । तर जब घर नजिकै आईपुग्दा २ वटा मोटरसाइकलमा आएका ४ जनाले उनको घाटीमा लगाएको सिक्रि जबरजस्ती थुतेर भागे । त्यतिबेला मात्रै उनलाई याद भयो ती मोटरसाइकल आफैँलाई पिछा गर्दै टाढाबाट आएका रहेछन् भन्ने ।

ती मोटरसाइकल केही परबाटै आफ्नो पछि लागे जस्तो आफूलाई लागेको भए पनि वास्तै नगरेको तर गहना चोरी भएपछि भने बाइकले पिछा गरेको थाहा भएको उनले बताइन् ।

उनीहरुले अहिले कालिमाटी प्रहरीमा उजुरी दिए पनि चोर भने पत्ता लाग्न सकेको छैन । ती महिलाकी आफन्त सरोज रेग्मीका अनुसार रविभवन क्षेत्रमा मात्रै अहिलेसम्म ५ जनाको गरगहना मोटरसाइकलमै आएका व्यक्तिद्धारा चोरी भएको पीडितहरुले आफूसँग भनेको बताए । उनीहरुले पनि प्रहरीमा उजुरी गरे पनि प्रहरीले भने अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

रभिवनमै केही समय अगाडी स्कटुर चढेर गुडिरहेकी महिलाको घाँटीमा लगाएको सिक्री पल्सर बाइकमा आएकाले गुडिरहेकै बेला ताने । तर, तान्ने क्रममा सिक्रि चुट्टिएर भुइँमा झर्यो चोरले भने लान पाएनन् । उक्त घटनाबारे प्रहरीलाई खबर गरिएपछि प्रहरी आएर घटनाबारे बुझे पनि चोर भने भागी सकेकाले पत्तो लागेन ।

यी त केही उदाहरणहरु मात्रै हुन् । पहिले पनि र अहिले पनि मोटरसाइकलमा आएका त्यस्ता व्यक्तिहरुद्धारा महिलाले लगाएका गरगहना चोरिने क्रम बढ्दै गएको छ ।

कालिमाटी प्रहरीका अनुसार एकान्त ठाउँ अर्थात भित्रि गल्लिहरुमा यस्ता घटना दोहोरि रहेका छन् । मोटरसाइकलबाट आएका व्यक्तिद्धारा गरगहना चोरी भएको भन्दै उजुरी गर्न आउने संख्या निक्कै भए पनि अहिलेसम्म १ जनालाई मात्र पक्राउ गर्न सफल भएको कालिमाटी प्रहरीले जनाएको छ । मोटरसाइकल नम्बर पहिचान नभएकाले चोरलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाई छ ।

प्रहरी केन्द्रिय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक केशव अधिकारीले भने मौका छोपेर गरिने यस्ता घटना दोहोरिदैँ आएपनि पछिल्लो पटक बढेर नै गएको भन्न नमिल्ने बताए । तर यस्ता घटना भने जारी रहेको भन्दै त्यसका लागि सम्बन्धित पक्षले नै बढी ध्यान पुर्याए न्युनिकरण गर्न सहज हुने हेलोखबर डटकमसँग बताए ।

मानिसको ठूलो भीडमा प्रहरीको संख्या कम भएकाले भिडभाड तथा एकान्त र गल्लिहरु लगायत असुरक्षित मानिने ठाउँहरुमा महिलाहरुले धपक्कै हुने गरी गरगहना लगाउनु भन्दा पनि आफ्नो सुरक्षा आफैँ गर्न सके यस्ता घटना न्युनिकरण गर्न सकिने उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।