जेठ १९ । नेपाली बजारमा सुनको भाउमा कहिले बढ्ने त कहिले बढ्ने क्रम जारी रहेकै बेला आज भने पुनः एक हजारले ओरालो लागेको छ ।

आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ३ सय ५० रुपैयाँ तोकेको छ ।
गत शुक्रबार एकैदिन तोलामा साढे ११ सय रुपैयाँ बढेर ५२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएकोमा साताको पहिलो दिन आज भने पुनः एक हजारले घटेर कारोबार भईरहेको छ ।

तेजाबी सुनको मूल्यमा आइतबार पनि तोलामा हजार रुपैयाँ घटेर ५१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको ५२ हजार १ सय रुपैयाँमा करोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।