जेष्ठ १९ कवाडी सामान बिक्रि सम्बन्धी विषयलाई लिएर दोलखा सदरमुकाम चरिकोटमा वाइसिएल र तरुण दलका कार्यकर्ताबीच झडपमा अश्रुग्याँस प्रहार भ्एको छ । झडपपछि सदरमुकाम वरपरका क्षेत्र चरिकोट सातदोबाटो र बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ भने बसर्पाक क्षेत्रको बजार बन्द गरीएको छ ।
तरुण दलका जिल्ला अध्यक्ष सानु शेर्पाले वाइसिएलका जिल्ला संयोजक नवीन जिरलमाथि हातपात गरेपछि झडप सुरु भएको जनाइएको छ । नेपाल तरुण दलका जिल्ला नेता सानु शेर्पा सामान्य घाइते भएका छन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दोहोरो झडप हुने आशंकामा अहिले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Comments







