जेष्ठ १९ । पल्सर स्पोर्ट्स अवार्ड २०६९ अन्तर्गत पपुलर प्लेयर अफ द ईयर विधाको मनोनयन सार्वजनिक भ्एको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अवार्डको आयोजना गरेको हो । यस वर्षको पपुलर प्लेयर अफ द ईयर विधामा पर्न सफल ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यसपटक क्रिकेटका पारस खड्का, फुटबलका जगजित श्रेष्ठ, एथ्लेटीक्सकी केशरी चौधरी, पौडीका शिरिष गुरुङ र उसुकी झरना गुरुङ मनोनयनमा परेका छन् । वर्ष २०६९ सालमा नेपाली खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनको आधारमा खेलाडीहरु मनोनयन गरीएको हो । मनोनयनमा पर्न सफल खेलाडीहरुलाई ३१३१ मा एसएमएस पठाएर अथवा फेसबुक मार्फत भोटीङ गर्न सकिन्छ ।
यस वर्षको पल्सर स्पोर्ट्स अवार्ड आगामी असार १८ गते।हुँदैछ् । यस पटक पनि वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, पपुलर प्लेयर अफ द ईएर, उत्कृष्ट प्रशिक्षक, पाराएथ्लीट, स्पेशल अवार्ड र लाईफटाईम अचिभमेन्ट अवार्ड गरेर आठ विधाका पुरस्कार दिइनेछ। उक्त पुरस्कार मञ्चले आगामी असार १८ गते विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रदान गर्नेछ ।
Comments






