जबरजस्ती विवाह गर्न खोजेपछि आत्महत्या

जेठ १९ । पर्साको महादेवपट्टी गाविस वडा नम्बर–३ निवासी अयोध्या शुक्लाकी १९ वर्षीया छोरी रिमा शुक्लाले गए राती झुन्डीएर  आत्महत्या गरेकी छिन् ।
 जबरजस्ती विवाह गर्न खोजेपछि झुन्डीएर  उनले आत्महत्या गरेको परिवारले शंका गरेको छ ।  उनको केही दिनमै विवाह हुने पक्का भएको थियो  । उनले आत्महत्या गर्नुको कारण के हो भनी प्रहरीले  अनुसन्धान गरिहेको जनाएको छ ।
 यद्यपि परिवारका सदस्यहरुले भने जबरजस्ती विवाह गर्न खोजेका कारण उनले आत्महत्या गरेको  हुन सक्ने बताएको छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।