जेठ १७ । वैज्ञानिकहरुले मंगल ग्रहमा जिवजन्तु बाच्न सक्ने या नसक्नेबारे अनुसन्धान गरिरहेको अवस्थामा त्यहाँ छेपारो देखिएको प्रसंग सेलाउन नपाउँदै पुनः एउटा मुसाको आकृति फेला परेको छ ।
रातो ग्रहको नामले समेत चिनिएको उक्त ग्रहमा जीवन हुनसक्ने विषयको खोज वैज्ञानिकहरुले गरिरहेको अवस्थामा मंगल ग्रहबाट नासाको क्युरियोसिटीले पठाएको तस्बिरमा उक्त आकृति फेला परेको हो ।
२०१२ को सेप्टेम्बर २८ मा खिचिएको उक्त तस्बीरमा देखिएको आकृति धरातलको रङसँग मिल्ने जस्तै देखिएपनि त्यसको कान, नाक र आँखाको आकृति भने छुट्टै देख्न सकिन्छ ।
![]() |
मंगल ग्रहमा देखिएको मुसाको आकृति । |
यता, केही समयअघि मात्रै एक जना जापानी युवाले मंगल ग्रहमा आफुले छेपारो देखेको दाबी गरिएको भनिएको तस्बीरमा भने मुसो भन्दा पनि प्रष्टै देखिने छेपारोको आकृति देखिएको छ ।
विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका ती व्यक्तिको दाबीमा कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भए पनि उनको दाबी पछि फेला परेको मुसोले आकृतिले भने उनको दाबीलाई थप मद्धत पुगेको छ ।
ती जापानी युवाले नासाले गएको मार्चमा सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी गरेका छन् ।
मंगल ग्रहमा अलिअलि पानी रहेको बताइएकाले त्यहाँ मरुभूमीय प्राणी पाउने सम्भावना बढ्दै गएको वैज्ञानिकवृतमा चर्चा चुलिएर गएको छ । त्यसो त त्यहाँ अहिले पनि क्युरियोसिटीले अनुसन्धान जारी राखेको छ ।