जेठ १८ । विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले मुलुकलाई विकासको पथतिर उन्मुख गराउँदै समृद्ध तुल्याउन अब युवाको साथ र सहयोग लिएर महिला नेतृत्व अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् ।
मोर्डन कन्या कलेज बानेश्वरका छात्राहरूको संस्था, मिलन चौतारीद्वारा आज यहाँ आयोजित ‘युवा महिला र रोजगारी व्यवस्था’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले पितृसतात्मक सोच रहेको हाम्रो समाजको बनोटले अझै पनि महिलालाई राज्यको निर्णायक तहमा पु¥याउन तगारो हालिरहेको धारणा व्यक्त गरे ।
“लैङ्गिक विभेदपूर्ण समाज र अशिक्षाका कारण महिलालाई घरबाट पहिला निस्कन गाह्रो, पढ्न सिक्नका लागि समय मिलाउनै गाह्रो, बल्ल–बल्ल पढाइ सक्यो, रोजगारीमा विक्न गाह्रो, रोजगारी पाए पनि विवाह बन्धनमा बा“धिएपछि घर तथा जागिर धान्न र टिक्न झनै गाह्रो” – सहभागी युवतीहरूले भने ।
तथापि, गाह्रो गाह्रो भित्र गुज्रदै गएको हाम्रो चुनौतीलाई सामना गर्न निर्भिक भएर निरन्तर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै वक्ताहरूले सिर्जनशील, सक्षम, आत्मविश्वास, सकारात्मक सोच, विश्लेषणमूलक दृष्टिकोण र दृढ निश्चयका साथ अघि बढ्ने हो भने जस्तोसुकै बाधा अड्चन र तगारोलाई पन्छाउन सकिने तर्क प्रस्तुत गरे ।
मोर्डन कन्या कलेज संस्थापक एवम् किष्ट बैंकका अध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिलन चौतारीकी संयोजक अनिता आचार्य, सञ्चारकर्मी सविना कोइराला, नायिका नम्रता श्रेष्ठ, विमान परिचारिका अञ्जली खनाल, बैंकका प्रबन्धक रचिता विष्ट, पयर्टन व्यवसायी कञ्चन केसी, इन्जिनियर सरस्वती थापा, लेखिका अनुपम रोसी र कवयित्री लीला चन्दलगायतले मुलुकलाई औद्योगिक र सन्तुलित समाजको निर्माणमा अघि बढाउने काममा अब युवा महिलाहरूले महत्वपूर्ण योगदान दिन सक्ने बताए ।
छुट्टै उत्साह र छुट्टै पहिचान खोज्दै जागिरमा प्रवेश गर्न खोज्ने र जागिर प्रवेश गरेका विभिन्न क्षेत्रमा कार्यरत ६० जना युवा महिला सो कार्यक्रममा सहभागी थिए ।
अन्तरक्रियाको सञ्चारकर्मी समाचार वाचिका सविना कोइराला र विमान परिचारिका अञ्जली खनालले उद्घाटन गरेकी थिइन् । रासस