जेठ १८ । नेपाली सुपर स्टार राजेश हमालले देशमा कुशल राजनीतिक नेतृत्व नभएका कारण राजनीतिक स्थायित्व हुन नसकी सवै क्षेत्र धरासाही बन्न पुगेको बताएका छन ।

उनले देशको यस्तो परिस्थिति आउनुमा राजनीतिक नेतृत्व जिम्मेवार रहेको भन्दै अहिले कुशल नेतृत्वको मुलुकलाई आवश्यकता रहेको बताएका छन । हमालले राजनीति देशको मेरुदण्ड भएको भन्दै  मेरुदण्ड नै ठिक बाटोमा नआए सम्म अन्य क्षेत्रको बिकासको कल्पना गर्न नसकिने बताए ।

नेपाली जनताको ठुलो यागदानले  गणतन्त्र ल्याएको हुनाले गणतन्त्रको अनुभुति कस्तो हुन्छ भन्ने अहिलेसम्म चाल नपाएको बताए । नेपाली जनताको क्रान्तिलाई अपहेलना गरे जनताले कसैलाई  नछोड्ने उनले दाबि गरेका छन ।

राजनीति मानिसको शरिरको मेरुदण्ड  भएको भन्दै राजनीतिक स्थायित्व विना कुनै पनि क्षेत्रको देशको  बिकास हुन नसक्ने हुनाले नेता हरुलाई छिटो राजनितिक अस्थिरता हटाउन आवाहन गरेका छन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।