–––

 जेठ १८। अविरल हावाहुरी र वर्षा भए पछि  ईलामवासी दिक्क भएका छन ।
 इलामका ग्रामीण भेगमा चल्ने सवारीसाधन सञ्चालनमा सञ्चालनमा  समेत अवरोध  आएको छ । लगातार इलाममा चार दिनयता वर्षाले कच्ची सडक हिलाम्मे भएपछि सवारी साधन कम चल्ल थालेका  छन ।

वर्षाले  माइखोलामा बाढी आउँदा इलाम दानाबारीमा निर्माणाधीन सानिमा माई जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
  हावाहुरीले इलाममा लगाइएको मकै खेतीमा हानी पुगेको छ । हावाहुरीले  विद्युत् सेवा अवरूद्धभएपछि जिल्लामा   विभिन्न गाविसका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।