जेठ १८ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी चुनाव हार्ने डरले बखेडा निकालेको दाबी गरेका छन् ।शनिबार राजधानीमा भएको एक कार्यक्रममा पौडेलले माओवादीले नयाँनयाँ बखेडा झिकेर चुनावबाट भाग्न लागेको बताए । माओवादीलाई जसरी भए पनि मंसीरमा चुनावमा लैजाने बताए ।
नेकपा माओवादी बैद्य समूहले संग मिलेर चुनाव भाड्न खोजेको पौडेलले दाबी गरे । बिभाजनको रणनीति बनाएर लोकतन्त्र र गणतन्त्रमाथि माओवादीले प्रहार गरेको उनले बताए ।
खिलराज रेग्मीको राजीनामाको सम्वन्धमा पार्टीभित्र कुनै बिवाद नभएको प्रष्ट पारे । सविंधानसभाको चुनाब रेग्मीले लै चुनाब गराउने उनको भनाई रहेको छ ।



