जेठ १७ । रातभार परेको वर्षाका कारण महाराजगन्जस्थित टिचिङ अस्पताल नजिकै पछाडी पट्टी ढिस्कोले पुरिएर १ को मृत्यु भएको छ भने अन्य २ जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

स्थानीय अम्बिका सारुको घरमा करिब २५÷३० मिटर माथिबाट माटोको ढिस्कोसहित पहिरो खस्दा गम्भीर भाइते भएका सप्तरीका १५ वर्षीय रामभगत रायको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ ।

    सो घटनामा परी सप्तरीकै देवीलाल मण्डल र शिवनन्द राय घाइते भएका छन् । घाइते दुवैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

लगातार केही दिन देखिको जारी वर्षा र आज रातैभर परेको पानीका कारण त्यहाँ ढिस्को खसेर चार वटा घरमा क्षति पुर्याएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।