जेठ १७ । हिजोराती देखि परेको अविरल वर्षाका कारण वीरगन्जको अधिकांश भूभाग जलमग्न भएका छन् ।
पानीको निकास हुन नसक्दा विरगंजमा अहिले पानी पानी  भएको छ ।
 डुबानका कारण विरगंजका स्थानिय बासिन्दा प्रत्यक्ष मारमा परेका छन् । रातिदेखि परेको वर्षाका कारण वीरगन्जको पानीट्याङ्की, श्रीपुर, मुर्ली, नयाँटोल, भिस्वालगायतका एक दर्जनभन्दा बढी भागहरु डुबानमा परेका छन् ।
नगर क्षेत्रका अधिकांश भाग डुबानमा परेका कारण केही विद्ययालयको आजको नियमित पढाइसमेत अवरुद्ध भएको छ ।बाक्लो बस्तीका कारण उचित निकासको अभावमा नगरका विभिन्न भाग डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।