जेष्ठ १७  । नेपाली कांग्रेसकानेता  अर्जुन नरसिंह केसीले मसिंरमा निर्वाचन हुनेमा अब  शंका रहेको बताए ।   दलका नेता द्वैध चरित्रको कारण मंसिरमा नै  निर्वाचन हुनेमा बिश्वास  घटेको  उनको भनाई छ ।

दलहरुले गरेका सहमति सम्झौताहरुलाई दिन प्रति दिन उल्टो व्याख्या गरी चुनाब गराउने वातावरण बिथोलेकोले मसिंरमा चुनाब हुन गाह्रो रहेको  बताए ।

 चुनावी प्रकृया पुरा नभई मिति घोषणा गर्न नहुने बताउंदै पहिले भएका सहमती सम्झौतामा सबै दलका नेताहरु अडिग रहे मात्र  समयमै चुनाव हुने उनले दाबी गरे ।

संविधानसभाको सिट संख्या, थ्रेस होल्ड, सम्पत्ती विवरण बुझाउने विषयमा छिटै  सहमती  भएमात्र  मंसिरमा  चुनाब हुने सक्ने विराटनगर विमानस्थलमा संचारकर्मीसंग  बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।