अपरिचित व्यक्तिको छुरा प्रहारबाट एकको मृत्यु

जेठ १६ । झापाको दक्षिणी गाविस जलथलमा अपरिचित व्यक्तिको छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति अपरिचित व्यक्तिहरूको एक जत्थाले जलथल –१ बस्ने २१ वर्षीय अल्कसुर उरावलाई छुरा प्रहार गरी फरार भएका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते उरावलाई आफन्त र स्थानीयवासीले उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगेका थिए ।

पाथीभरामा उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।