दक्षिण भारतीय नायिका लिना मारिया पावल ब्वाईफ्रेन्डसहित पक्राउ परेकी छन् ।

केही समयदेखि प्रहरीले खोजिरहेको उनीहरु दिल्लीमा पक्राउ परेका हुन् ।

चेन्नईमा उनीहरुविरुद् मुद्दा दर्ता भएपछि उनीहरु पक्राउ पर्ने डरले भागेर दिल्ली पुगेको बेला पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२५ वर्षीया नायिका पावल र उनको ब्वाइफ्रेण्ड बालाजी ‘चन्द्रशेखर’ लाई जालसाँझीको मामलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अपराध शाखाको संयुक्त टोलीले नायिका, उनको ब्वाइफ्रेण्ड, तीन भुतपुर्व भारतीय सैनिकसहित उनका निजी सुरक्षाकर्मीलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट चार थान अवैध हतियारसमेत बरामद गरेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।