जेठ १६ । बलिउड अभिनेता शाहरुख खान मंगलबार गरिएको आठौँ पटकको काँधको सर्जरी सफल भएसँगै उनी बुधबार राती लीलावती अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा खानले आफूलाई डाक्टरले ६ महिनाको लागि आराम गर्न सल्लाह दिएको सञ्चारकर्मीसँग बताए ।

आफूलाई सहयोग गर्ने निर्देशक शेट्टीको लागि आभार प्रकट गर्दै खानले अब आफू आराममा रहने बताएका छन् । शाहरुखको सर्जरी पहिले लण्डनमा हुने भनिएपनि व्यस्तताको बाबजुद त्यो हुन नसकेको भारतीय मिडियाले बताएका छन् ।

४७ वर्षीय खानलाई रोहित शेट्टीको फिल्म ुचेन्नई एक्सप्रेसुको सुटिङको क्रममा एक स्टन्ट दृश्य दिनेबेला काँधमा असर परेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।