जेठ १६   नेकपा माओवादीले आब्हान गरको  रुपन्देही बन्द   बिहानैदेखि पुर्ण प्रभाव परेको छ । नेकपा माओवादीद्धारा  आफ्ना कार्यकर्ता माथि लगाइएको झुट्टा मुद्धा फिर्ता गरी रिहा गर्नु पर्ने र हिरासतमा लिइएका कार्यकर्ताको  प्रतिवेदन सार्वजनिक गरी दोषीलाइ कारवाही लगायतका माग राखेर नेकपा माओबादी रुपन्देहीले आज जिल्ला बन्द गरेको  हो

 गएको  जेठ ९ गते जिल्लामा भएको  एकिकृत घुम्ति शिविरमा नागरिकता वितरणको विषयलाइ लिएर टोली सगं भएको विवाद पछि पार्टीका जिल्ला कमिटि सदस्य परदेसी यादवलाइ प्रहरीले पक्राउ गरेको थियो । यादवलाई बिना कसुर पक्राउ गरिएको भन्दै बिना शर्त रिहाइको माग सहित बन्द घोषणा  गरेको  हो । यसैगरी बन्दका क्रममा भैरहवाबाट सेक्रेटरी वन्धु चन्द र वुटवलबाट सह सेक्रेटरी शरद ओली सहितका५० भन्दा बढी कार्यकर्ता पक्राउ परेका  नेकपा–माओवादीले जनाएको छ ।

 बन्दका कारण  बुटवल भैरहवा सालझण्डी लगायत  बजार ठप्प रहेका छन ।  सार्वजनिक यातायातका कुनै  साधन चलेका छैनन् भने एम्बुलेन्स, कुटनितिक नियोग र प्रेसका साधन लाई अवरोध नगरिएको  नेकपा माओवादीले जनाइएको छ ।

  बन्दका  कारण पुर्वबाट पश्चिमका लागि छुटेका लामो तथा छोटो दुरीका दर्जनौ सवारी साधन नवलपरासीको बर्दघाट, सुनवलमा,  स्थानमा रोकीएका छन भने पश्चिमबाट पूर्वका लगि छुटेका गाडीहरु कपिलबस्तुको चन्द्रौटा, खरेन्द्रपुर,  गोरुसीङ्गे, बनगाइमा  रोकीएका छन ।

। बुटवलबाट अन्य स्थान  छुट्ने सबै यात्रु बस बुटवल बसपार्कमा नै रोकिएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।