जेठ १६ । छोरो अर्थात प्रचण्डपुत्र प्रकाश दाहालले विद्यार्थी नेतृ बिना मगरलाई भगाएर हिडेपछि माइली श्रीमती सृजना आफ्नो छोरोलाई च्यापेर माइती फर्कन बाध्य भइन् ।

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोस्रो बुहारीका रुपमा भित्रिएकी सृजना त्यसपछि छोरोसँगै अहिले कास्कीको हेम्जामा बस्दै आएकी छन् । उनले आफ्नो छोरोलाई त्यहीको एक विद्यालयमा भर्ना गराएर पढाउँदै आएकी छन् ।

तर त्यही छोरोको विषयले अहिले नेपाली मिडिया तथा सामाजिक सञ्जालहरुमा निक्कै चर्चा पाएको छ ।

प्रचण्डले नाती अर्थात सृजनाको छोरालाई फिर्ता गर्न सृजनाको माइती अर्थात त्रिपाठी परिवारलाई ७५ लाखको प्रस्ताव गरेको खबर राजधानीबाट प्रकाशित हुने निक्कै प्रख्यात मानिएको जनआस्था साप्ताहिकले छापिदिएपछि त्यसले चर्चा मात्रै होइन प्रचण्डको उक्त योजना तुहाईदिएको छ ।

उक्त समाचार प्रकाशित भएपछि प्रचण्डका निजी सचिव चुणमणि खड्काले विज्ञप्ति निकालेर नाति फिर्ता गर्ने शर्तमा ७५ लाख प्रस्ताव गरेको समाचार अध्यक्ष प्रचण्डलाई बदनाम गराउन प्रचार गरिएको भत्द्रै खण्डन गरेका छन् ।

उक्त पत्रिकामा छापिएको समाचार अनुसार प्रचण्डले पैसामा छोराको मोलमोलाई गरेको भन्दै आक्रोशित भएका छन् । त्यसो त सृजनाले भने बच्चा लाने भए मेरो लाशमाथि टेकेर लगे हुन्छ मलाई पैसाको प्रलोभन नदेखाए हुन्छ भन्ने गरेकी छन् ।

प्रचण्डले गरे होलान् त प्रस्ताव
पत्रिकामा समाचार प्रकाशित भएपछि प्रचण्डका निजि सचिवले विज्ञप्ति निकालेर समाचारको खण्डन मात्रै गर्नुले समाचारमा सत्यता छ या छैन भन्न सकिदैन । यो समाचारले प्रचण्डको जीवनमा निक्कै ठूलो असर पार्ने निश्चित छ । यस्तो अवस्थामा प्रचण्ड पक्ष चरित्रहत्या भएको भन्दै प्रेस काउन्सिल, या त अदालतमा जाने बाटो खुल्ला छ । तर, त्यहाँ जाँदा थप कुरा खुल्ने भएकाले पनि नजाउ भनेर प्रेस विज्ञप्ति निकालेको हुन सक्छ । अर्कातिर, जनआस्थाले उक्त समाचार हावाकै भरमा लेखेको हो भन्न सकिदैन । उसले यसअघि पनि यस्ता लुकेका समाचार लेख्ने गरेको र तथ्यपूरक हिसाबमै रहने भएकाले यो समाचार गलत नै हो भन्न भने सकिदैन ।

प्रचण्डको छोराको खबर चाँही के छ त
घाइँया घुइँया बजारमा अहिले पनि के हल्ला छ भने प्रचण्ड परिवारले बिनालाई फकाई फुलाई प्रकाशबाट छुटाउन पहल गरिरहेको र, बिनालाई आउट गराएर सृजनालाई पुनः ल्याउने योजनामा रहेको भन्ने छ । प्रकाशले समेत बिनालाई जे भयो भयो अब छुटौँ भनेर आर्थिक प्रलोभन समेत देखाउने गरेको स्रोतहरुको दाबी छ । तर, त्यसमा बिनाले भने नमानेको बताइएको छ ।

प्रचण्ड परिवारले अहिले पनि बिनालाई लाजिम्पाट महलमा भने भित्राईसकेका छैनन् । बिना अहिले ललितपुरमा डेरामा बस्दै आएकी छन् । प्रकाश भने दिउँसो लाजिम्पाटको सचिवालयका रहन्छन् त्यस्तै उनले बाउको गाडी समेत चलाउन थालेका छन् । तर, ड्युटी सकिएपछि भने उनी बिनाको डेरातिर लाग्ने गर्छन । अनि उज्यालो भएपछि सँधै झैँ दिनहरु दोहोर्याउँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।