जेठ १६ । झापाको दमक–१५ मा श्रीमान्ले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

दमक–१५ चिया दोकानमा आज बिहान ३:३० बजे स्थानीय ४० वर्षीय भुपाल राईले ३५ वर्षीय श्रीमती गङ्गा राईलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

अत्यधिक मादक पदार्थ सेवन गरेका उनले अचानक बिहान श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय दमकले हत्याको कारण भने खुल्न नसकेको जनाएको छ ।

हत्यापछि भुपाल फरार रहेका छन् । उनका एक छोरा रहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।