जेठ १६ । जन्मभूमि नेपालमा रहेर अष्ट्रेलियामा व्यवसाय गर्दै आएका शेष घले र उनकी श्रीमती समेत यो वर्ष अष्ट्रेलियाको धनी मानिसहरुको सुचिमा पर्न सफल भएका छन् ।

अष्ट्रेलियाबाट प्रकाशन हुने बिजनेश रिभ्यु विक्ली (बिआरबी)ले प्रत्येक बर्ष सार्वजनिक गर्ने धनीहरुको २ सयको सुचिमा उनीहरु पनि पर्न सफल भएका हुन् ।

अष्ट्रेलियाको धनाढ्यहरुमा यो वर्ष घले १ सय ८० नम्बरका धनी बनेका छन् भने उनकी श्रीमती जमुना घले १ सय ८१ औं नम्बरमा रहेकी छन् ।

घलेको सम्पत्ति यस बर्ष १ करोडले बृद्धि भएर २६ करोड ५० लाख डलर रहेको पुगेको छ । तर उनको सम्पत्ती १ करोडले बढे पनि उनी धनाढ्यहरुको सुचिमा गत वर्षभन्दा १४ नम्बर तल झरेका छन् ।

उक्त पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष घले १ सय ६६ औं धनी व्यक्तिमा रहेका थिए ।

सन १९९० सालमा विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका घलेले सुरुवाती समयमा अन्य विद्यार्थी सरह नै दुःख गर्ने गरेको बताइएको छ । तर उनले आफ्नो मेहनत र संघर्षलाई निरन्तर जारी राखेकाले उनी धनी बन्न सफल भएका हुन् ।

घलेले शैक्षिक संस्थाबाट बिजनेस बिषयमा डिग्री हासिल गर्न भ्याएका छन् । घले २०१४ सालमा नेपालको लमजुङमा जन्मिएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।