गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति रामवरण यादवले संविधानसभा चुनावको वातावरण बनाउन सबैलाई आग्रह गरेका छन ।
राष्ट्रपति डा रामवरण यादबले निर्वाचन सम्भव तुल्याउन आवश्यक र अनुकुल राजनीतिक वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । काम गर्ने क्रममा गल्ती कमजोरी हुन सक्छ भन्दै राष्ट्रपतिले त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताएका छन ।

गणतन्त्र दिवशका अवसरमा सौनिक मञ्चमा विविध कार्यक्रम गरी मनाईदै छ ।राष्ट्रपति डा रामवरण यादब, मन्त्रिपरिषद्का सदस्य निजामती कर्मचारीका उच्च पदस्थ पदाधिकारीहरु उपस्थित रहेका छन ।गणतन्त्र दिवसकै अवसरमा नागरिक समाजले नयाँ बानेश्वरमा छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।