जेठ १५  । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

    “अहिलेकै अवस्थाबाट गुज्रेर हुने संविधानसभामार्फत जनताको पक्षमा संविधान निर्माण हुने आशा र अपेक्षा गर्न सकिँदैन” मंगलबार विरगन्जमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “जनआन्दोलन र मधेस आन्दोलनमा अभिव्यक्त जनताको भावना सम्बोधन नगरी यथास्थितिमा चुनाव हुन सक्दैन ।”

    अध्यक्ष यादवले संविधानका आधारभूत सि

द्धान्त र मूलभूत आधारमा राजनीतिक दलबीच बृहत् राष्ट्रिय सहमति गरेर चुनाव गरियो भने मात्र त्यसबाट बनेको संविधानसभाले संविधान निर्माण गर्न सक्छ भन्दै विगतमा संविधानसभा किन विघटन भयो भन्नेबारेमा समेत गम्भीर समीक्षा हुनुपर्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।