जेठ १५ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले ‘एकीकृत नेकपा माओवादीका कारण मुलुकले संविधान नपाएको कुरा सबै जनताले थाहा पाउनुपर्ने’ बताएका छन् ।

कांग्रेस क्षेत्र नं १ चितवनका सचिव सुरेश ढकालका पिता नारायणको १० औँ दिनका पुण्यतिथिमा उनको निवास कठारमा मंगलबार आयोजित शोकसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले संविधानसभाको निर्वाचनका लागि विभिन्न बहानाबाजी गरेर समय तोक्न समेत एमाओवादीले आवरोध गरेको आरोप लगाए ।

कांग्रेसभित्र सानातिनाबाहेक कुनै विवाद नरहेको बताउँदै उनले पार्टीलाई तलैदेखि सङ्गठित बनाएर लैजान जिल्लास्तरका नेतालाई निर्देशन दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।