जेठ १४ । सबैभन्दा सुरक्षित मानिएको हवाई यात्रा नै नेपाली आकाशमा भने निक्कै असुरक्षित बनेर गएको छ ।

वर्षेनी नेपाली आकाशमा ठूला ठूला मानविय क्षतिसहितका हवाई दुर्घटनाले नेपाली आकाश हवाई यात्राका लागि निक्कै जोखिममय जस्तै बन्न पुगेको छ ।

यसरी दुर्घटना हुनुमा भौगोलिक, प्राविधिक तथा नीतिगत कारणहरु पनि छन् । पुराना जहाजहरु लामो समयसम्म उडाईरहनु, तिनको राम्रोसँग मर्मत नगरिनु, हवाई यात्रामा नीतिगत केही कमजोरी रहनु तथा भौगोलिक हिसाबले नि त्यस्तै ठाउँ रहनुले पनि हवाई यात्रा बढाईरहेको छ ।

तर यस बारेमा सचेत र सुरक्षित अपनाउनु हो भने यसलाई कम गर्न सकिने विज्ञहरुको भनाई रहँदै आएको छ ।

नेपाली हवाई दुर्घटना बढेकै कारण पनि युरोपेली संघले युरोपेली आकाशमा नेपाली जहाज उडान प्रतिबन्ध गर्ने चेतावनी समेत दिईसकेको छ । यस्तो अवस्थामा सरकारी पक्षले समेत गम्भीरता नदेखाउने हो भने नेपाली आकाशमा हवाई दुर्घटना बढीरहने सम्भावना उत्तिनै छ । बाँकी भिडियोमा विमान दुर्घटनाको काहालिलाग्दो इतिहास हेर्नुहोस्


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।