जेठ १४ । ३३ दलले आयोजना गरेको मेची–काली अभियान आज समापन हुँदैछ ।

आज दिउँसो ३ बजे खुल्लामञ्चमा जनसभा कार्यक्रम गरी उक्त अभियान सकिन लागेको हो ।

जनसभा कार्यक्रमका लागि सुन्धारा, बसन्तपुर, सञ्चयकोष भवन अगाडि, पुरानो बसपार्क, आरआर क्याम्पस, बबरमहल, लैनचौर, कुपण्डोल, इन्द्रचोक, भद्रकाली, पद्मकन्या क्याम्पस अगाडि, त्रिपुरेश्वर, कुपण्डोल कानदेउता अगाडि, दरबारमार्ग, प्रज्ञाभवन अगाडि, बागबजार भक्तपुर बसपार्क लगायतका स्थानबाट दिउँसो २ बजे जुलुससहित कार्यक्रम स्थल खुलामञ्चमा भेला हुने माओवादी सचिव देव गुरुंगले बताएका छन् ।

सरकारले मुलुकमा विभिन्न जिल्लामा जारी राखेको नागरिकता वितरणमा गैरनेपालीलाई नेपाली नागरिकता दिइएको भन्दै त्यसको विरोधमा ३३ दलले उक्त अभियान सञ्चलान गरेका हुन् ।

घुम्ती टोलीले हचुवाका भरमा वितरण गरेको नागरिकतालाई खारेजी गर्न ३३ दलले माग गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।