जेठ १३ । ताप्लेजुङबाट विराटनगरतर्फ गइरहेको बस मेची राजमार्गअन्तर्गत इलामको साँखेजुङ—७ स्थित बरगोलाई भन्ने स्थानमा सोमबार दिउँसो १२ बजे दुर्घटना हुँदा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट केन्द्रीय सहकारी सङ्घको भ्रमण टोली लिएर सुनसरीतर्फ गइरहेको मे १ ख ५०५ नम्बरको बस दुर्घटनामा परेको हो । घाइते सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । बस सडकबाट करिब २५ मिटर तल झरेको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए ।

घाइतेको नाम थर र ठेगाना खुल्न नसकेको छैन । यात्रुको शरीरभरि चोट लागे पनि मानवीय क्षति भने नभएको कार्कीले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।