भारतिय  प्रधानमन्त्री मनमोहन सिंह पाँच दिनको जापान र  थाईल्याण्ड भ्रमणका  लागि सोमबार  जापान पुगेका छन ।

 उनको जापानमा आणबिक हतियार र एसियामा  शान्ति, समृद्धि  स्थिरतामा योगदान बारेमा भ्रमण केद्रित हुने बताइएको छ । जापानमा वैदेशिक सहायताको विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

जापानमा उनले जापानका प्रधानमन्त्री साथै उच्च नेता हरु संग भेटघाट गर्ने कार्यक्रम रहेको  छ ।

मनमोहन सिहंले एसिया क्षेत्रको  सुरक्षा, उर्जा,  आर्थिक क्षेत्रमा रहेको सन्धिको बारेमा पनि छलफल गर्ने स्रोतले जनाएको छ ।

लामो समय देखि चलिरहेको सैन्य  सम्वन्धलाई  पनि यो भ्रमणले अझ प्रगाढ हुने  भारतीय  पक्षको
विश्वास रहेको छ   ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।