जेठ १३। नेकपा माओबादीका सचिव

नेत्रबिक्रम चन्द विप्लवले संबिधान सभा निर्बाचनको मिति घोषणाको भोलिपल्टदेखि भण्डाफोर अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।

नेकपा–माओबादी निकटको अनेरास्वबियु क्रान्तिकारीले चितवनको  नारायणगढमा गरेको कार्यक्रममा बोल्दै विप्लबले विघटित संविधानसभामा नमिलेका विषयमा सहमति गरेर मात्रै नयाँ निर्वाचन गर्नुपर्ने भन्दै यसको बेवास्था गरे मिती तोकेको दिन देखि भन्डाफोर गर्ने बताए ।

 सरकारलाई छिटै नै  चुनाबको मिति घोषणा गर्ने बताएको बेला विप्लबको यस्तो चेतावनी आएको हो ।
अहिलकै अवस्थामा संबिधान सभा निर्वाचनका लागि सहमति हुने कुनै सम्भावना नभएको भन्दै
सरकार र प्रमुख दलहरुले सेना परिचालन गरेर आफुहरुको आन्दोलन दबाउने र निर्बाचन गराउने योजना बनाएको आरोप लगाउदै बिप्लबले यस्तो गल्ती गरिएमा नेपाली जनता लाई सहिय नहुने  र कुनै हालतमा चुनाब हुन नसक्ने दाबि गरे  । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।