शार्लिन चोपडाले गर्ने भईन खानसँग रोमान्स

चलचित्र कामसुत्र ३ को लागि नायकका रुपमा मल खानले अभियन गर्ने भएका छन् । अब उक्त चलचित्रमा खान र शार्लिन चोपडाको अभिनय रहने पक्कापक्की जस्तै भएको छ ।

निर्देशकले नायिका छनोट गर्न धेरै युवतीहरु हेरेता पनि सजिलै सँग नायिका फेला पारेका थिए तर नायक भेटाउन भने उनलाई निक्कै समय लागेको थियो ।

बलिउडकी बोल्ड अभिनेत्री शार्लिन र मलको जोडीले कस्तो सफलता पाउने हो त्यसको लागि भने समयलाई कुर्नै पर्ने भएको छ ।

चलचित्रमा जैकी श्राफ, मिलिन्द गुनाजी, सुदेश बेरी, सलिम कपुरको पनि अभिनय रहनेछ । चलचित्र हिन्दी तथा अंग्रेजी गरी दुई भाषामा निर्माण हुने निर्माण पक्षले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।