जेठ १२ । वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई हत्या गरिएको दिन भोलि विविध कार्यक्रम आयोजना गरी सेन स्मृति दिवस मनाइने भएको छ ।

०५९ जेठ १३ गते तत्कालीन प्रतिक्रियावादी शासकले इच्छुकलाई निर्ममतापूर्वक कुटेर हत्या गरेका थिए ।

सो दिनलाई प्रत्येक वर्ष क्रान्तिकारी पत्रकार महासंघले स्मृति दिवसको रुपमा मनाउँदै आएको छ । सोही स्मृति दिवस अन्तर्गत भोलि विहान ६ बजेदेखि ८ बजेसम्म इच्छुक स्मृति दिवस भव्य रुपले मनाइने भएको छ ।

काठमाडौंको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई महेन्द्र पुलिस क्लबमा पुगेर कोणसभामा परिणत हुने छ ।

सो कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण क्रान्तिकारी पत्रकार र साहित्यकारमा अनुरोध गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।