भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु थप एक घाइते

जेठ १२ । भक्तपुरको सल्लाघारीमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

    भक्तपुरको सल्लाघारीमा बा५४प २८४२ नम्बरको मोटरसाइकल आफैँ पल्टिएर भएको दुर्घटनामा ललितपुर सुन्धारा बस्ने वर्ष ३५ की शशिकला महर्जन घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक वर्ष १९ का सचिन महर्जन घाइते भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।