जेठ १२ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य स्थितिबारे बुझ्न भारतीय राजदूत जयन्त प्रसाद शनिबार वीर अस्पताल पुगेका छन् ।

संविधानसभाको निर्वाचन र यससँग सम्बन्धित विभिन्न माग राख्दै आमरण अनशनमा बसेका अध्यक्ष महतोको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि वीर अस्पताल पु¥याएका हुन् ।

भेटमा राजदूलले अध्यक्ष महतोको स्वास्थ्य स्थितिमा सुधार आउने अपेक्षा गर्दै आमरण अनशन जतिसक्दो चाँडो सकिनेमा आफू विश्वस्त भएको बताए ।

अध्यक्ष महतोले संविधानसभाको निर्वाचन मिति घोषणा गर्न सरकार पन्छिन खोजेकाले आफूले यस्तो कदम चाल्नुपरेको जानकारी राजदूत प्रसादलाई गराउनुभएको अध्यक्ष महतोका प्रेस सल्लाहकार निमेष कर्णले बताए ।

उच्च रक्तचाप र मधुमेह रोगका बिरामी महतोको अवस्था सुधारोन्मुख रहेको प्रेस सल्लाहकार कर्णले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।