रौतहट ७ असोज ।

चन्द्रपुर नगरपालिकामा ससुरा मेयर भएका छन् भने बुहारी उपमेयर भएकी छन् । तर, एउटै होइन, फरक फरक दलबाट ।

कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भए । उपमेयरमा एमालेकी रामरती चौधरी निर्वाचित भइन् । उनीहरु नातामा ससुरा बुहारी पर्छन् ।

रामचन्द्रले ९७८० मत ल्याएका छन् । रामरतीले ९९१६ मत ल्याइन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।