किशोरीको अपहरणको आरोपछि अभिनेत्री सना फरार

बलिउड अभिनेत्री सना खान एक किशोरीको अपहरणमा संलग्न रहेको आरोप लागेपछि अझै फरार नै रहेकी छन् ।

कलर्स टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो बिग बोस सिजन ६ मा सहभागी भएर राजीव पालसँग नाम जोडिएसँगै उनी निक्कै चर्चामा पुगेकी थिइन् ।

उनी अहिलो आएर भने एक किशोरीको अपहरणको प्रयास गरेको आरोपमा फसेकी छन् । उक्त आरोपमा उनीविरुद्ध मुद्धा लागेपछि उनी फरार रहेको बताइएको छ ।

अपहरणको प्रयास गरिएकी ती किशोरी भने सनाको भाई नादेव खानसँग बिहे गर्न इन्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सनाले अन्य चार जना मिलेर अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।