जेठ ११ । हाम्रो समाजमा समाज र समाज भन्दा पनि आफ्नो सन्तानको माया गर्ने आमाहरु को पो नहोलान् र । र, यही समाजमा यस्ता पनि आमाहरु छन् जो आफ्नो श्रीमानलाई छाडेर पर पुरुष अर्थात प्रेमीलाई खुसी पार्न ११ महिने आफ्नै कोखबाट जन्मिएको छोरालाई जंगलमा फ्यालीदिन पनि पछि परिनन् ।

घटना र विषयवस्तु हाम्रै समाजकै हो । चितवनस्थित नारायणगढकी मिना परियार (पौडेल) ले आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात बिताउन प्रेमीसँग गएपछि उक्त विषयसँगै जोडिएर घृणा, तिरस्कार र आश्चर्यले बजार तात्न पुग्यो ।

तर ती आईमाईले अर्कै पर पुरुषसँग मज्जाका लागि आफ्नै कोखको बच्चालाई जंगलमा फ्यालिदिए पनि त्यो बच्चो भने बाँच्न सफल भएको छ । तर अस्पतालमा उपचारका क्रममा रहेकाले अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गर्न सफल भएको थियो ।

बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन ।

मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । पछि खोज्दै जाँदा बच्चालाई २० घण्टापछि जिवित उद्धार गरिएको थियो ।

सात बर्षअघि चितवनको नारायणघाटमा बसोबास गर्ने कृष्ण पौडेलसँग अन्तरजातीय प्रेम विवाह गरेकी मिना गत माघदेखि माइतीघरमा बस्दै आएकी थिइन् ।

माइतीघरमा बस्दा मिनाको फलेवासका एक युवासँग प्रेम सम्बन्ध सुरु भएको बताइएको छ । तर ती युवाले बच्चा भएकाले बिबाह गर्न नसक्ने बताएपछि बच्चालाई ज्युँदै जंगलमा छाडेर हिंडेको मिनाले स्वीकारेकी छन्।

बच्चाको पर्वत जिल्ला अस्पतालमा उपचार गराई थप उपचारका लागि पोखरा पठाइको छ ।

अहिले ती आमा भने प्रहरी नियन्त्रणमा परीसकेकी छन् । उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।