जेठ ११ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले थ्रेसहोल्डले सानो दललाई ठूलो बन्न सहयोग पुर्याउने बताएका छन् ।

आफ्नै निवास निवास डल्लुमा आयोजित साक्षात्कार कार्यक्रममा उनले समानुपातिक प्रतिनिधित्वलाई थ्रेसहोल्डले प्रभाव नपार्ने भन्दै सधै सानो दल बनिरहन चाहनेले मात्रै थ्रेसहोल्डको विरोध गरेको गरेको बताए ।

उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालले सरकार गठनको क्रममा भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश कुनै पनि हालतमा खारेज हुन नसक्ने समेत बताए ।

विरोधमा रहेका दलहरुसंग छलफल गरी संसोधन गर्न भने तयार रहेको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।