जेठ ११ । अफगानिस्तानमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका एक जना नेपालीको बम विष्फोटमा परी मृत्यु भएको छ भने अन्य ७ नेपाली घाइते भएका छन् ।
अफगानिस्तानको काबुलमा शुक्रबार राति भएको तालिवान विद्रोही आक्रमणमा सात जनाको मृत्यु भएको र मृत्यु हुनेमा एक जना नेपाली रहेको विबिसी र सिएनएनले जनाएका छन् ।
सिएनएनका अनुसार बम हमलामा तीन जना नेपालीसहित १ जना इटालियन महिला र चार जना अफगानिस्तान प्रहरी घाइते पनि भएको उल्लेख गरिएको छ । मृत्यु हुने तथा घाइते हुनेहरु कसैको पनि पहिचान भने खुलाइएको छैन ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को आवासगृहमा तालिवानी हमलाले गर्दा त्यहाँ केही घण्टा गोली चलेको थियो ।
उक्त घटनापछि अफगानिस्तानका केही शहरहरूमा नाकाबन्दी गरिएको उल्लेख गरिएको छ । उक्त हमलाबाट आवासगृह क्षतिग्रस्त भएको छ ।
तालिवानी प्रवक्ताले सोही गेस्ट हाउसलाई निशाना बनाएर उक्त आक्रमण गरिएको जनाएको छन् ।
यो विस्फोट निकै भयानक भएको र कयौ किलोमिटर टाढासम्म समेत यसको आवाज पुगेको अफगान अधिकारीहरूले बताएका छन् ।








