जेठ ११ । जे गरे पनि जति ट्राफिक नियम सिकाए पनि चालकहरुले नियमको पालना नगर्दा हैरानी खेपिरहेका ट्राफिक प्रहरीले अब ट्राफिक नियम सिकाउन सडकमै नाच्न सुरु गरेका छन् ।

मनोरञ्जनात्मक ढंगले ट्राफिक नियम सिकाउन भन्दै ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले सडकमै नाचेपछि धेरैले त के भएछ ट्राफिकलाई भन्दै अचम्म मानेका थिए ।

दरबारमार्गमा सबैको सामु सडकमै नाचेर उनले नाचका भरमा सवारी नियम सिकाएका हुन् । सडक प्रयोगकर्ता र ट्राफिक प्रहरी दुवैलाई मनोरञ्जन दिन तथा ट्राफिक जनचेतनाको लागि यसो गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।