जेठ ११  । किरात राईहरुको मुख्य साँस्कृतिक पर्व  साकेला उभैली  धुमधाम र हर्सोउल्लासका साथ मनाईदै छ ।

यो पर्व सुम्निमा र पारुहाङगलाई साक्षी बनाएर साकेला थानमा गएर भूमिलाई पुजाआर्जना गरी सुरु गरिन्छ ।   कृषी सम्बन्धी काम सकिएपछि किराँतीहरुले अन्नपात राम्रो होस भन्ने कामना सहित यो पर्व मनाउने चलन  रहेको छ  ।

यो पर्व हरेक वर्ष पूर्णिमाबाट सुरु भई १५ दिन सम्म मनाइने गरिन्छ ।

साकेला उभौली पर्वको अवसरमा पर्वमा सबै किराँती समुदायलाई राष्ट्रपति डा. रामवरण यादव र मन्त्रीपरिदका अध्यक्ष खिलराज रेग्मीले शुभकामना  दिएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।